एमाले विदेश विभागका प्रमुख एवम् पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोजी’ विषयमा बोल्नेछन् । कार्यक्रममा नेपाल, भारत, चीन, कम्बोडिया, श्रीलङ्का, पाकिस्तान र टर्कीका नेताको पनि सहभागिता रहनेछ ।
नेकपा (एमाले) का नेता माधवकुमार नेपाल साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना हुने ‘क्षेत्रीय शान्ति प्रवर्द्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन गए राति त्यसतर्फ गएका हुन् ।
एमाले विदेश विभागका प्रमुख एवम् पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोजी’ विषयमा बोल्नेछन् । कार्यक्रममा नेपाल, भारत, चीन, कम्बोडिया, श्रीलङ्का, पाकिस्तान र टर्कीका नेताको पनि सहभागिता रहनेछ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव विष्णु रिजालका अनुसार नेता नेपालका साथमा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र सदस्य शिव भण्डारी पनि छन् । उनीहरु चार दिनपछि स्वदेश फर्कने कार्यक्रम छ । रासस