दुई बालक कालीगण्डकी नदीमा बेपत्ता

कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जनामध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन् ।

रम्भा गाउँपालिका–१, हुँगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन् । कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जनामध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा हुँगीका पाँच वर्षीय सरोज राना र सोही स्थानका चार वर्षीय अविरल पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए । साथीहरु नदीमा पौडी खेल्ने क्रममा हराएको जानकारी दिइएपछि मात्र बेपत्ता भएको घटना बाहिर आएको हो ।
प्रहरीले मङ्गलबार बिहानदेखि नदी आसपासको क्षेत्रमा खोजी कार्य भइरहेको जनाएको छ ।