प्रधानमन्त्रीले गरे तामाकोसीको स्थलगत निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले आयोजना समयमै सक्नेगरी काम गर्न निर्देशन दिएका हुन् ।

‘यसले काम गर्दैन, उसले काम गरेन भन्दा पनि सबैले गर्नुपर्छ,’ ओलीले भने, ‘समयमै आयोजनाको काम सम्पन्न हुनुपर्छ ।’ उनले भारतीय कम्पनीले पनि आफ्नो ठेक्का समयमै पूरा गर्नुपर्ने बताए ।

त्यस्तैगरी ऊर्जामन्त्री वर्षमान पुनले आयोजना निर्माणमा ढिलाइ हुन नहुने बताए । प्रधानमन्त्री ओलीसहित ऊर्जामन्त्रीलगायतको टोलीले बुधबार बिहान १० बजे तामाकोसी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गरेका थिए ।