यही चैत २४ गतदेखि मङ्गलबार साँझसम्म नेपाल कला परिषदमा आयोजना गरिएको उक्त प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश, मेक्सिको, फ्रान्स, अफ्रिका र सिङ्गापुरका ३६ कलाकारका ५६ चित्र समावेश गरिएको थियो ।
सिर्जनात्मक महिला समूहले आयोजना गरेको भर्टिकल पेस नामक अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा करीब पाँच हजार दर्शकले अवलोकन गरेका छन् ।
यही चैत २४ गतदेखि मङ्गलबार साँझसम्म नेपाल कला परिषदमा आयोजना गरिएको उक्त प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश, मेक्सिको, फ्रान्स, अफ्रिका र सिङ्गापुरका ३६ कलाकारका ५६ चित्र समावेश गरिएको थियो ।
प्रदर्शनीमा विभिन्न मुलुकका विविध जनजीवनका संस्कृति, प्रकृति, हिमाललगायत विषयवस्तुलाई बिम्ब बनाएर सिर्जना गरिएका कला राखिएको थियो । विभिन्न किसिमका सन्देश दिने प्रदर्शनीमा भूदृश्य, मूर्त, अमूर्त चित्रले सजाइएको उक्त प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायलगायत वरिष्ठ कलाकारका चित्र थिए ।
प्रदर्शनी अवधिभर सञ्चालन गरिएको कार्यशालामा १५ अाेटा कला सिर्जना गरिएको छ भने त्यसलाई केही दिनपछि प्रदर्शन गरिने जनाइएको छ ।
विभिन्न मुलुकका कलाकारका अनुभव र संस्कृतिलाई आदान प्रदान गर्ने उद्देश्यले प्रदर्शनी राखिएको आयोजक संस्थाका अध्यक्ष अरुणा हिङमाङले सो कार्यक्रम गरिएको जानकारी दिए ।
स्वदेशी कलालाई विदेशमा प्रवर्द्धन गर्नसमेत उक्त प्रदर्शनी उपयोगी भएको उनले बताए ।