प्रतिष्ठानकी अध्यक्ष साबित्री श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गरी घटनाको छानबिन र दोषीमाथि कारवाहीको माग गरेकी हुन् ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपु फेदीमा सहिदद्वय गणेशकुमार श्रेष्ठ र उज्जन श्रेष्ठको शालिक तोडफोड गर्ने दोषीलाई कारवाही गर्न गणेश उज्जन स्मृति प्रतिष्ठानले सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिष्ठानकी अध्यक्ष साबित्री श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गरी घटनाको छानबिन र दोषीमाथि कारवाहीको माग गरेकी हुन् ।
गणेश उज्जन स्मृति प्रतिष्ठानले निर्माण गरेको अरुणोदय माविको भवन छेउमा गणेश र उज्जनको शालिक निर्माण गरिएको छ । प्रतिष्ठानकी अध्यक्ष श्रेष्ठले निजी लगानी र निजी जग्गामा सरकारी निकाय, माओवादी लगायत स्थानीय राजनीतिक दल र विद्यालय व्यवस्थापन समितिको अनुमतिमा शालिक निर्माण गरी अनावरण भएको बताएकी छन् ।
विज्ञप्तिमा भनिएको छ ‘राज्यबाट घोषित सहिदहरुको स्मारकको संरक्षण गर्नुपर्ने दायित्व राज्यको भएकाले तोडफोडमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गर्न तथा कारवाही गरी आगामी दिनमा यस्ता घटना हुन नदिने व्यवस्था मिलाउन सबैमा आग्रह गर्दछु ।’
गत साता मात्र सो शालिक अनावरण गरिएको शालिक बुधवार राति तोडफोड गरिएको थियो ।