दुईदिने नेपाल भ्रमणका आएका झाङले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज भेट गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियाली विकास बै्कका उपाध्यक्ष वेन्चाइ झाङले भेट गरेका छन् ।
दुईदिने नेपाल भ्रमणका आएका झाङले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज भेट गरेका हुन् ।
उपाध्यक्ष झाङले अहिले नेपाल सङ्घीय संरचनामा प्रवेश गरेको र सङ्घीय संरचना विकासको सङ्क्रमणकालीन अवस्थामा रहेकाले यस अवस्थालाई सफलतापूर्वक अगाडि डोर्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त अवसरमा झाङले सरकारका मुख्य प्राथमिकताका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले अर्थमन्त्री डा युवराज खतिवडा र अर्थसचिव राजन खनालसँग भेटका क्रममा एडीबीले नेपालको विकासका लागि सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस