दुई किलो अवैध सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचको क्रममा दुबईबाट ल्याइएको सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका हुन् । विमानस्थलका सुरक्षा प्रमुख एसएसपी प्रेम चन्दले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन ।