फेसबुक बन्द गर्ने निर्णय भएको छैन : सञ्चार मन्त्रालय

सूचना तथा सञ्चार मन्त्रालयले सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने भनेर भएको प्रचारप्रति ध्यानाकर्षण गर्दैै सरकारले फेसबुक बन्द गर्ने त्यस्तो कुनै निर्णय नगरेको जनाएको छ ।
केहि दिन यता फेसबुकमा सरकारले नयाँ बर्षदेखि फेसबुक बन्द गर्ने निर्णय गरेको भन्दै अफवाह फैलाउने पोष्ट भैरहेको थियो ।

शुक्रबारल प्रेस विज्ञप्ती प्रकाशित गर्दै मन्त्रालयले केहि दिन यता सामाजिक सन्जाल फेसबुकमा साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड,पूर्व माननीय मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुक लगाएतका सामाजिक संजालमा फेसबुक बन्द भनेर भ्रम फैलाइएको भन्दै आपत्ती जनाएको हो ।

मन्त्रालयले यस किसिमको कुनै पनि कार्य नगरेको र उक्त प्रकारको भ्रम तथा सूचना प्रवाह गर्ने व्यक्तिलाई कानुन बमोजिम कावाही गरिने मन्त्रालयका प्रवक्त रामचन्द« ढकालले विज्ञप्तीमा जनाएका छन् ।