सुन्धारामा नयाँ रेस्टुराँ

युवाको लगानीमा काठमाडौँको सुन्धारामा ‘पिस प्वाइन्ट फुडल्याण्ड’ रेस्टुराँ सञ्चालन गरिएको छ ।

विजय क्षेत्रीसहितका युवाले करीब ८२ लाखको लगानीमा सो रेस्टुराँ सुरु गरेका हुन् । क्षेत्रीले सुन्धारामा रहेका रेस्टुराँभन्दा आफूहरूले फरक किसिमको स्तरीय र स्वादिलो खाना खुवाएर ग्राहकलाई संतुष्टि दिने बताए ।

रेस्टुराँ नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । पिस प्वाइन्ट फुडल्याण्डलाई आगामी दिनमा अन्य स्थानमा पनि विस्तार गर्ने सोच रहेको क्षेत्रीले बताए ।