वैशाख ७ देखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घका मोरङ अध्यक्ष नरेन्द्र हुमागाँईले जानकारी गराए ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले विराटनगरमा तीन दिने रोजगार मेलाको आयोजना गर्ने भएको छ ।
वैशाख ७ देखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घका मोरङ अध्यक्ष नरेन्द्र हुमागाँईले जानकारी गराए ।
आर्इएलओ, रोजगार विभाग, श्रम कार्यालय सूचना केन्द्र समेतको सहयोगमा एलिट क्लबको हाताभित्र सो मेलाको आयोजना हुने भएको छ । रोजगार मेलामा रोजगारीको अवसर खोज्ने र रोजगारी दिन दक्ष कर्मचारीको खोजी गर्ने, सङ्घसंस्थाबीच समन्वयकारी भूमिका खेल्दै एकापसमा मिलाउन पुलको काम मात्र गर्ने उनले जानकारी दिए ।
मेलामा लगभग २ सय उद्योगीलाई सहभागी गराइने भएकाले त्यसबाट करिब ५ सय बेरोजगार युवा लाभान्वित हुने अनुमान गरिएको बताइएको छ । रासस