गाैचन हत्याका प्रमुख याेजनाकार बस्न्यात पक्राउ

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्न्यातलाइ प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरेको हो। पक्राउ परेका बस्न्यातलाइ प्रहरीले सार्वजनिक गरेकाे हाे ।
गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिक गोली हानी हत्या भएको थियो । प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ। बस्न्यात स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए ।