हङकङको मेगा पुल सञ्चालनका लागि तयार

यस पुलमा ३ लाख ८० हजार टन स्टिल प्रयोग भएको छ जुन ६० ओटा आइफल टावर्स बनाउन पर्याप्त हुने यूके टेलिग्राफको रिपोर्टमा उल्लेख छ ।

चीनको मुख्य भूमिलाई हङकङ र मकाउसँग जोड्ने विश्वको सबैभन्दा लामो क्रस–सी (समुद्रमाथि बनाइएको) पुल यातायातका लागि छिटै सञ्चालन हुने भएको छ ।

 

५५ किलोमीटर लामो यो विशालकाय संरचना चीनको सबैभन्दा महत्त्वाकाङ्क्षी इन्जिनियरिङ परियोजनामध्ये एक हो । यस पुलमा ३ लाख ८० हजार टन स्टिल प्रयोग भएको छ, जुन ६० ओटा आइफल टावर्स बनाउन पर्याप्त हुने यूके टेलिग्राफको रिपोर्टमा उल्लेख छ ।

यस वर्षको मध्यतिर पहिलो पटक वाहनहरु पुल तर्न सक्छन्, जसले गर्दा चीनका सहरमा ठूलो सङ्ख्यामा आप्रवासीहरु पुगेको सुन्न सकिने आशा योजनाकारहरुले गरेका छन् ।

आगामी दशकमा २५० मिलियन मान्छेहरुलाई विस्तार हुँदै गरेका चिनियाँ सहरमा जान अधिकारीहरुले प्रोत्साहित गर्न चाहेका छन् ।

उच्चतम संरचना तथा यातायात त्यही रणनीतिको एउटा महत्त्वपूर्ण पाटो हो । तर, चीनको आफ्नै मापदण्डभन्दा पनि यो विशाल पुल एउटा भव्य परियोजना हो । यस काममा संलग्न इन्जिनियहरुलाई आठ वर्षको निर्माण कार्य अवधिमा धेरै चुनौतीसित सङ्घर्ष गर्नु परेको छ ।

कमलो तथा गहिरो सामुद्री तल हुनाले दुई ओटा कृत्रिम द्वीप निर्माण गर्न स्टिलका सय ओटा विशालकाय सिलिन्डर स्थापित गर्नु परेको थियो ।
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको उडान मार्ग भएर जाने पुल मार्गका लागि पनि डिजाइन टिमले जिम्मेवारी वहन गर्नु परेको थियो ।

चीनको मुख्य भूमिको पुछारबाट देखिएको पुल (एपी)।

साथै, विश्वकै व्यस्त बन्दरगाहमध्ये पर्ने हङकङको बन्दरगाहबाट पानीजहाजको निर्वाध आवागमनलाई सुनिश्चित गर्न समुद्रमुनि छ किलोमिटरभन्दा लामो सुरुङ निर्माण गर्नु थियो ।

यसको निर्माणमा १४ हजार कामदार तथा तीन सय पानीजहाज संलग्न थिए । चिनियाँ समाचारका अनुसार यसमा १५ बिलियन डलर खर्च भयो । सो पुल खुलेपछि लगभग ४० हजार वाहन दिनहुँ आहोर दोहोर गर्ने अनुमान गरिएको छ, तर साइकल र पैदलयात्रुलाई भने पुलबाट हिँड्ने अनुमति दिइनेछैन । रिचर्ड वुड