आईबोस ग्लोबल मार्केटिङ् कम्पनीको नामबाट नेटवर्क व्यवसाय गर्ने चुच्चेपाटीस्थित आईबोस ग्लोबल मार्केटिङ्का सञ्चालक काभ्रे पाँचखालका राजकुमार दङ्गाल, दोलखाका नारायण शिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, तिर्सना सुनुवार र पूर्णबहादुर श्रेष्ठ तथा सोलुखुम्बुका प्रदीप राई गरी ७ जना छन् ।
नेटवर्क मार्केटिङ्बाट ठगीमा संलग्न ७ जनालाई नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
आईबोस ग्लोबल मार्केटिङ् कम्पनीको नामबाट नेटवर्क व्यवसाय गर्ने चुच्चेपाटीस्थित आईबोस ग्लोबल मार्केटिङ्का सञ्चालक काभ्रे पाँचखालका राजकुमार दङ्गाल, दोलखाका नारायण शिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, तिर्सना सुनुवार र पूर्णबहादुर श्रेष्ठ तथा सोलुखुम्बुका प्रदीप राई गरी ७ जना छन् ।
खासमा ब्युरोले मङ्गलबार मार्केटिङ्को केन्द्रीय कार्यालयमा छापा मारी ६६ जना व्यक्तिलाई नियन्त्रणमा लिएपनि व्यवसायमा संलग्न भई ठगी गर्ने गिरोहलाई अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
आरोपीहरुले सदस्यताबापत मोटो रकम लिई नेटवर्कमा आबद्ध गराई पिरामिड संरचनामा ठगी गरेको ब्युरोले उल्लेख गरेको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा धेरै दोलखाका नारायण शिवाकोटीले ५ हजार ८ सय ८९ जना सदस्य बनाएका छन् ।