घैटेको सम्पत्ति नदिएपछि गौचन निसानामा

गौचन पनि कुमार घैटसँग मिलेर व्यवसाय गरिरहेका थिए । प्रहरी कारबाहीमा घैटेको मृत्य भएपछि बस्न्यातले घैटको सबै सम्पति आफूले पाउनुपर्ने माग गर्दै आएका थिए । बस्न्यात घैटेका मित हुन् । त्यही भएर उनले मितको सम्पति आफ्नो नाममा मागेका हुन् । तर, गौचनले घैटेको सम्पति दिन नमानेपछि गौचनको हत्याको योजना बुनेको प्रहरीलाई बयान दिएका छन् ।

सडक निर्माण ठेक्का रकम मध्येको २ प्रतिशत रकम नपाएपछि नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको हत्या भएको खुलेको छ ।

महासङ्घका अध्यक्ष गौचनको हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्न्यातलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेपछि उनको प्रारम्भिक बयानका आधारमा हत्याको रहस्य खुलेको हो ।

हत्याका प्रमुख योजनाकार बस्न्यातले तराइमा निर्माण हुँदै गरेको हुलाकी राजमार्गको ठेक्का रकम मध्ये २ प्रतिशत रकम गौचनसँग माग गरेको बयानका क्रममा प्रहरीलाई बताएका छन् ।

उक्त रकम दिन गौचनले अस्वीकार गरेपछि उनको हत्या योजना बनाएको अभियुक्त बस्न्यातले प्रहरीसमक्ष बताएका छन् । हुलाकी सडकको पहिलो चरणमा १६ ओटा सडक बनिरहेkaछ । त्यसमध्ये गौचनले पनि ठेक्का पाएर काम गरिरहेका थिए । त्यहि ठेक्काबापत २ प्रतिशत बस्न्यातले मागेका थिए ।

त्यसैगरी, गौचन पनि कुमार घैटसँग मिलेर व्यवसाय गरिरहेका थिए । प्रहरी कारबाहीमा घैटेको मृत्य भएपछि बस्न्यातले घैटको सबै सम्पति आपूmले पाउनुपर्ने माग गर्दै आएका थिए । बस्न्यात घैटेका मित हुन । त्यही भएर उनले मितको सम्पति आफ्नो नाममा मागेका हुन् । तर, गौचनले घैटेको सम्पति दिन नमानेपछि गौचनको हत्याको योजना बुनेको प्रहरीलाई बयान दिएका छन् ।