रसुवागढी–केरुङ तथा तातोपानी–झ्याङ्मु सुख्खा बन्दरगाहलाई बढीभन्दा बढी सुविधा सम्पन्न तथा स्तरोन्नति गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आउँदा दिनमा चीन–नेपाल सीमामा अझ बढी नाका खोल्नु पर्ने आवश्यकता औंल्याएका छन् । रसुवागढी–केरुङ तथा तातोपानी–झ्याङ्मु सुख्खा बन्दरगाहलाई बढीभन्दा बढी सुविधा सम्पन्न तथा स्तरोन्नति गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । सो अवसरमा दुवै पक्षले तातोपानी नाका छिटै खोल्ने विषयमा चर्चा गरेका छन् ।
छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका क्रममा मन्त्री ज्ञवालीले व्यापार घाटा कम गर्न चीनतर्फ नेपाली उत्पादन निकासीका लागि जोड दिए । चीनका विदेशमन्त्री वाङ यीले नेपाली सामानका लागि आफ्नो देशमा राम्रो बजारको पहुँच दिने आश्वासन दिए । मन्त्री यीले चीनको सुधार तथा खुला नीतिद्वारा प्रदान गरिएका अवसरहरुलाई भरपूर उपयोग गर्न आग्रह गरे ।