मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

गिरोहले तुलसीपुर क्षेत्रबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पामा लगेर सस्तो मूल्यमा बिक्री गर्दै आएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएइको हो ।

तुलसीपुर इलाका प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उक्त गिरोहले तुलसीपुर क्षेत्रबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पामा लगेर सस्तो मूल्यमा बिक्री गर्दै आएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएइको हो । उक्त गिरोहले गत कात्तिक महिनायता विभिन्न व्यक्तिका चारअाेटा मोटरसाइकल चोरी गरेको तथ्य फेला परेको इप्रका प्रमुख एवम् प्रहरी उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

सोही आरोपमा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका– ८ टिकरी निवासी २१ वर्षीय कृष्ण घर्ती, सोही ठाउँका २० वर्षीय कृष्ण वलीलगायत मोटरसाइकल खरिदमा संलग्न व्यक्तिसहित पाँच जनालाई सार्वजनिक गरिएको थियो ।

उक्त गिरोहले रातको समयमा घरमै पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेर नम्बर परिवर्तन गरी पहाडी जिल्ला रोल्पामा लगेर २५ देखि ५० हजार रूपैयाँमा बिक्री गर्ने गरेको इप्रका प्रमुख सापकोटाले बताए ।

पटक/पटक मोटरसाइकल चोरी गरेको हुँदा उक्त गिरोहलाई पटके कायम गरी मोटरसाइकलको बजार मूल्यअनुसार बिगो भराउनुका साथै जरिवानासमेत हुने गरी मुद्दा चलाइने प्रहरीले जनाएको छ । रासस