एकता प्रक्रिया सकारात्मक तर एकीकरण मिति तोक्न सकिन्न : माओवादी केन्द्र

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा आइतबार बसेको बैठकमा अध्यक्षले पार्टी एकताको पछिल्लो अवस्थाबारे जानकारी दिएका थिए । बैठकमा कार्यालय सदस्यले एकताका विषयमा अध्यक्ष दाहाललाई सुझाव दिएका थिए । बैठकपछि पत्रकारसँग कुरा गर्दैै पार्टी प्रवक्ता पम्फा भुसालले एकताका लागि समय लिइने बताइन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आइतबारको विस्तारित बैठकले एमाले र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रुपमा अगाडि बढेको जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा आइतबार बसेको बैठकमा अध्यक्षले पार्टी एकताको पछिल्लो अवस्थाबारे जानकारी दिएका थिए । बैठकमा कार्यालय सदस्यले एकताका विषयमा अध्यक्ष दाहाललाई सुझाव दिएका थिए । बैठकपछि पत्रकारसँग कुरा गर्दैै पार्टी प्रवक्ता पम्फा भुसालले एकताका लागि समय लिइने बताइन् । दुई पार्टी मिलाएर एकता भई नयाँ पार्टी बन्ने विषयमा हतारिन नहुने उल्लेख गर्दै उनले भनिन्, ‘यही मितिमा हुन्छ भनेर तिथि तोक्न सकिन्न ।’

प्रवक्ता भुसालले पार्टी एकता संयोजन समितिले दिएको प्रतिवेदनबारे दुई अध्यक्षबीच भएका छलफलका विषयमा अध्यक्षले बैठकलाई जानकारी दिएको बताइन् । राजनीतिक र सांगठनिक विषयमा छलफल सकारात्मक रुपमा अगाडि बढेको उनको भनाइ छ । ‘दुवै पार्टीका नेता, कार्यकर्ता र जनताको भावना र राष्ट्रिय आवश्यकताअनुसार पार्टी एकता सुनिश्चित गर्नेतर्फ प्रक्रिया अगाडि बढेको छ,’ उनले भनिन् । रासस