गगन थापामाथि बम प्रहार, थापासहित ८ घाइते, नामसहित

नेपाली काङ्ग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापामाथि काठमाडौंको बुढानीलकण्ठमा अज्ञात समूहले बम प्रहार गरेको छ ।

नेपाली काङ्ग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापामाथि काठमाडौंको बुढानीलकण्ठमा अज्ञात समूहले बम प्रहार गरेको छ । चुनावी कार्यक्रममा घरदैलो गरिरहेका थापालाई लक्ष्य गरेर बम प्रहार हुँदा थापासहित ८ जना घाइते भएका छन् । घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

घाइते हुनेहरूमा गगन थापा, राजकाजी श्रेष्ठ, जयराज लामिछाने, रेणु बरूवाल, सुमन खड्का, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ र रवीन्द्र कार्की रहेका छन् ।

तस्वीर : क्यापिटल नेपाल