नेविसङ्घका महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा बुधबार टेलिकम पुगेका विद्यार्थीले टेलिकमले सेवा दुरुपयोग भएकोमा त्रुटि देखाएको हो ।
नेपाल विद्याथी सङ्घले नेपाल टेलिकमको प्रिपेड सिमकार्ड वितरणमा त्रुटि रहेको भन्दै टेलिकमलाई ध्यानाकर्षण गराएको छ । नेविसङ्घका महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा बुधबार टेलिकम पुगेका विद्यार्थीले टेलिकमले सेवा दुरुपयोग भएकोमा त्रुटि देखाएको हो ।
सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले गत चार दिनदेखि नियम विपरीत सिमकार्ड वितरण गरिरहेको छ । टेलिकमले विद्यार्थीलाई लक्ष्य गरेर टेलिकमको सिमकार्ड वितरण गर्ने भने तापनि पार्टीगत हिसाबमा वितरण भइरहेको काफ्लेको भनाइ छ ।
त्यस्तै नेविसङ्घका केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारीका अनुसार अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका काठमाडौँ उपत्यका भित्रका आङ्गिक क्याम्पसहरुमा निःशुल्क प्रिपेड सिमकार्ड प्रचण्डको फोटो राखेर वितरण गरिएकोप्रति आक्रोश व्यक्त गरेका छन् । नेविसङ्घले टेलिकमलाई २४ घण्टाभित्र यस विषयमा छानबिन गरी उक्त कार्य खारेज गर्न आग्रह गरेको थियो । यदि टेलिकमले नेविसङ्घको प्रतिवेदनलाई बेवास्ता गरेको खण्डमा टेलिकमविरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
नेपाल टेलिकमकी कार्यकारी निर्देशक कामिनी राजभण्डारीले सो विषयमा छलफल गरी नियम विपरीत बिक्री वितरण भएका सिमलाई तुरुन्त बन्द गर्ने प्रतिबद्धतासमेत जनाएकी छन् । साथै उक्त सिम बिक्री वितरण गर्ने डिलरलाई पनि तत्काल करवाही हुने जानकारी दिइन् ।