साइबर अपराधबाट महिलाहरु बढी पीडित

सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्थाले महिलाहरुलाई साइबर अपराधबाट बचाउने बारेमा साइबर सेक्यूरिटी फर गल्र्स एन्ड वुमन विषयक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको हो ।

नेशनल आईसीटी काउन्सिलले ‘अन्तर्राष्ट्रिय गल्र्स इन आईसीटी डे’को अवसर पारेर एक दिने प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरेको छ । सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्थाले महिलाहरुलाई साइबर अपराधबाट बचाउने बारेमा साइबर सेक्यूरिटी फर गल्र्स एन्ड वुमन विषयक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको हो ।

सो कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका डेपुटी डाइरेक्टर रोजा किरण वासुकलाले नेपालमा महिलाहरु विशेषगरी प्रविधिको क्षेत्रमा पछाडि परेका हुँदा उनीहरुलाई अगाडि ल्याउनुपर्ने बताइन् । उनले बढ्दो साइबर क्राइमबाट महिलाहरु धेरै पीडित हुनेहुँदा त्यसबाट बच्न आफैंले ध्यान दिनुपर्ने बताइन् ।

त्यस्तै सनराइज बैङ्कका आईटी अधिकृत दिव्यतारा शाक्यले डाटा सुरक्षा कसरी गर्ने भन्ने जानकारी दिइन् । कुनै पनि माध्यमबाट डाटा चोरी हुनसक्ने विषयलाई ध्यानमा राखेर विभिन्न उपायको माध्यमबाट डाटालाई सुरक्षित राख्न सकिने उनको भनाइ थियो ।

सो कार्यक्रममा क्यान महासङ्घकी उपाध्यक्ष सुनैना पाण्डे घिमिरेले महिलाहरु पछिल्ला दिनमा ससक्त हुँदै आएका हुँदा उनीहरु यस क्षेत्रमा अगाडि आउन सक्ने बताइन् । उनले सूचना प्रविधिको अध्ययन र विकास हुँदै गर्दा नयाँ पुस्ताले आवश्यकताअनुसार सूचना प्रविधि जनशक्तिको माग पूर्ति गर्न सक्ने स्पष्ट पारिन् ।

किष्ट कलेज अफ म्यानेजमेन्टको सहयोगमा आयोजना गरिएको सो कार्यक्रममा करिब १ सय छात्राहरुको सहभागिता थियो । नेसनल आईसीटी काउन्सिलकी अध्यक्ष मीना अर्यालले सामाजिक सञ्जालमा भएका र इन्टरनेटमा आधारित व्यक्तिगत डाटा सुरक्षित बनाउन प्रयोगकर्ता आफैं सचेत हुनुपर्ने धारणा राखिन् ।