कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपीएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताए ।
पहिले नै दक्षिण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ ।
कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपीएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताए ।
‘परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका थियौँ, तर बिदा परेका कारण वैशाख १९ गतेदेखि मात्र लिन लागेका छौँ,’ खनालले भने, ‘परीक्षामा लगभग तीन हजार २ सय जना सहभागी छन् ।’ लगभग ५० प्रतिशत पास गरी लैजाने कोरियाको लक्ष्य रहेको उनले जानकारी दिए ।
परीक्षा इपीएस कोरियाको नेपाली शाखा, ग्वार्कोमा हुनेछ । परीक्षा एक पटकमा २८ जना गरी दिनको चार पटक लिइनेछ ।