नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आयोजित उक्त प्रभातफेरि नगरको मुख्य मुख्य भागको परिक्रमा पश्चात कोण सभामा परिणत भएको थियो । उक्त प्रभातफेरीमा सञ्चारकर्मी, विभिन्न मानवअधिकारवादी सङ्घसंस्थाका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता थियो ।
विश्व प्रेस स्वतन्त्रता (मे ३) दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरिको आयोजना गरियो ।
नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आयोजित उक्त प्रभातफेरि नगरको मुख्य मुख्य भागको परिक्रमा पश्चात कोण सभामा परिणत भएको थियो । उक्त प्रभातफेरीमा सञ्चारकर्मी, विभिन्न मानवअधिकारवादी सङ्घसंस्थाका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता थियो ।
सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले समाजलाई सुसूचित गर्ने सञ्चारकर्मीको वृत्ति विकासमा महानगरपालिका सदैव सहयोगी हुने बताए ।
महासङ्घका मोरङ कार्यबाहक अध्यक्ष कुमोद अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा सञ्चारकर्मी विवेक गौतम, विक्रम लुइँटेल र श्यामसुन्दर सुतियारले समाचार सङ्कलनको क्रममा भोग्नु परेको कठिनाइका सम्बन्धमा चर्चा गरेका थिए ।
निलम्बित वरिष्ठ उपरीक्षक लोहनीमाथि कारबाहीको माग
यसैगरी नेपाल पत्रकार महासङ्घ मोरङले नेपाल प्रहरीका निलम्बित वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले पत्रकारमाथि गरेको दुर्व्यवहारप्रति घोर भर्त्सना गरेको छ ।
सुन गायव र सनम शाक्यको हत्याको सम्बन्धमा बुधबार जिल्ला अदालत मोरङमा समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मी अनन्तराज न्यौपाने, ध्रुव भट्टराई, अनिल श्रेष्ठ र सुमन सुस्केरालाई लोहनीले अश्लिल गाली गर्दै लात्तीले हान्ने प्रयास गरेको सो सङ्घका उपाध्यक्ष कुमोद अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
गम्भीर अपराधका घटनामा मुछिएका अभियुक्तद्वारा अदालतको परिसरमै भएको यस्ता घटनाले प्रेस स्वतन्त्रतामाथिको हमला भन्दै महासङ्घले सरकारसँग लोहनीमाथि थप कारबाहीको माग गरिएको छ ।