विनायककाे टार्गेट २०२०

हाउसकिपिङ, सेल्स, एफ एन्ड बी, किचन, फ्रन्ट अफिस, इन्जिनियरिङ र स्टोरमा आफै पुगेर स्टाफसँग जानकारी लिने शाहले डिपार्टमेन्ट प्रमुखसँग पनि रिपोर्ट लिन्छन् । बिहान होटल पुग्ने भए पनि शाहले खाना भने घरमै गएर खाने गर्छन् ।

होटल एयरपोर्टका प्रबन्ध निर्देशक विनायक शाह होटल सञ्चालन गर्नुअघि अन्तर्राष्ट्रिय एक्स्पोको आयोजना गर्ने गर्थे । एक्स्पो आयोजना गर्दागर्दै आतिथ्य सत्कारलाई नजिकबाट बुझेका उनी सरकारी जागिरसमेत छाडेर सेवाक्षेत्रमा प्रवेश गरेका हुन् ।

एयरपोर्ट होटलसँगै समिट होटल, होटल किरो र बुटिक होटलमा समेत साझेदार रहेका शाहले होटल सञ्चालनको आफ्नै फर्मुला बनाएर अगाडि बढेका छन् । प्रत्येक दिन साढे ८ बजे होटल पुग्ने शाहले होटलका विभिन्न ७ डिपार्टमेन्टसँग मिटिङ गर्छन् । हाउसकिपिङ, सेल्स, एफ एन्ड बी, किचन, फ्रन्ट अफिस, इन्जिनियरिङ र स्टोरमा आफै पुगेर स्टाफसँग जानकारी लिने शाहले डिपार्टमेन्ट प्रमुखसँग पनि रिपोर्ट लिन्छन् । बिहान होटल पुग्ने भए पनि शाहले खाना भने घरमै गएर खाने गर्छन् ।

विश्वका विभिन्न मुलुकमा हुने ‘वल्र्ड एक्स्पो’मा नेपालको सहभागिताको व्यवस्थापन शाहको कम्पनीले गर्दै आएको छ । इप्लिमेन्टिङ एक्स्पर्ट ग्रुपअन्तर्गत उनले नेपाललाई विश्वभर चिनाउन प्रयासरत छन् । पाँचपाँच वर्षमा हुने एक्स्पोअन्तर्गत सन् २००० मा जर्मनी, २०१० मा चीन, २०१५ मा इटालीमा उनको कम्पनीले नेपालको प्रतिनिधित्व गर्दै एक्स्पो व्यवस्थापन गरिसकेको छ । अब सन् २०२० मा दुबईमा हुन लागेको छ । त्यसका लागि शाहले तयारी थालिसकेका छन् ।