यस मञ्चमार्फत किशोर किशोरीहरुलाई उनीहरुमा भएको उत्साह र रचनात्मक चाहनाको पहिचान गरी उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नेछ ।
किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर तथा अरुमाझ चिनाउने कार्यक्रम– वाईवाई ग्लोकल टिन हिरो कार्यक्रमको चौथो संस्करण हुने भएको छ । यस मञ्चमार्फत किशोर किशोरीहरुलाई उनीहरुमा भएको उत्साह र रचनात्मक चाहनाको पहिचान गरी उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नेछ ।
किशोरकिशोरीहरुलाई यस कार्यक्रममा सहभागी गराउन उपत्यका लगायत धनगढी, महेन्द्रनगर, नेपालगञ्ज, बाग्लुङ, बुटवल, भैरहवा, जनकपुर, झापा, बिराटनगर, लहान र पोखरा गरी विभिन्न २८ सहरहरुमा अडियन्स हुनेछ । जसमा कक्षा ८ देखि १२ सम्मका ५० हजार विद्यार्थीहरुसँग अन्तरक्रिया गरिने संयोजक काजोल झाले बताइन् ।
अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन, ज्ञानको मापनको लागि अन्तर्वार्ता गरी २०१८ को विजेता घोषणा गरिने छ । आवेदन ५ मई २०१८बाट खुल्नेछ र अन्लाइन आवेदन www.nepal.glocalteenhero.com मार्फत निशुल्क भर्न सकिन्छ ।
नवलपरासीकी १७ वर्षीया बाल अधिकार कार्यकर्ता विपना शर्मा र युवा वैज्ञानिक सन्तोष लामिछाने सोही कार्यक्रममा प्रथम भई २०१५ र २०१६ मा पुरस्कृत भएका थिए । त्यसैगरी दाङका १८ वर्षीय सामाजिक कार्यकर्ता सचिन डाँगी २०१७ का वाईवाई ग्लोकल टिन हिरो बिजेता हुन् ।