लामो समयपछि काङ्ग्रेसले गर्यो पदाधिकारी मनोनयन

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सुक्रबार उपसभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाश शरण महतलाई मनोनीत गरेका हुन् ।

लामो विवादका बीच नेपाली काङ्ग्रेसले पदाधिकारी मनोनीत गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सुक्रबार उपसभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाश शरण महतलाई मनोनीत गरेका हुन् । देउवाको मनोनयनलाई शुक्रबारै बसेको केन्द्रीय समितिको बैठकले वैधानिकता दिएको छ ।

देउवा पक्षले एकलौटी रुपमा पदाधिकारी मनोनीत गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौड्यालपक्षले विरोध जनाउँदै आएका थिए । हाल मनोनीत भएका पदाधिकारीहरु देउवा पक्षकै हुन् । तीनै जना पदाधिकारी गत मङ्सिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पराजित उम्मेद्ववार हुन् ।