जनकपुरधाम । मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गर्देछन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन छ । वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको जनविश्वासअनुसार यस व्रतको शुरुआत भएको हो । त्यसैले.....
पर्वत । प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले विगत एक सातादेखि ठप्प बनेको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ । चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४ मेघावाटको जलविद्युत् आयोजना स्थानीयवासीको आन्दोलनका कारण जेठ १२ गतेदेखि बन्द भएको थियो । गत शुक्रबार.....
खोटाङ । खोलामा डुबेर ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षीय एलिस बस्नेत र सोही ठाउँका विक्रम भट्टराईका परिवारलाई दिक्तेल प्राविधिक शिक्षालयले छ/छ लाख रुपैयाँ दिने सहमति भएको छ । शैक्षिक भ्रमणका लागि शनिबार प्राविधिक शिक्षालयले साप्सु खोलामा लगेको बेला दहमा डुबेर ज्यान.....
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध आर्थिक प्रतिफलको न्यायोचित वितरणमार्फत् सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूत गरी समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने नीति लिएको छ । प्रदेशसभा भवन धनगढीमा आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सरकारको आर्थिक वर्ष.....
कास्की । विश्व चर्चित अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण गाउँपालिका–११ स्थित पर्यटकीय घान्द्रुक गाउँसम्मको सडक कालोपत्रे गरिने भएको छ । विसं २०५८ मा नयाँपुलबाट घान्द्रुकसम्म सडकको ट्रयाक खोलिएकोमा चालू वर्षबाट बाटो कालोपत्रे गरी पक्की बनाउन सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय कास्कीको.....
काठमाडौ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा सुरक्षाकर्मीले जोड दिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार साँझ आयोजना गरेको ‘व्यवसायीसँगको अन्तक्र्रिया’ कार्यक्रममा उनीहरुले देशको समृद्ध ठमेल निर्माणका लागि ठमेल.....
सङ्खुवासभा । चैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो । स्थानीय नारायण श्रेष्ठको घरको पिँढीमा प्रयोग भएको इँटा १४ औँ शताब्दीभन्दा अघिको रहेको इतिहासविद् डा.रमेश ढुङ्गेलले दाबी गरे । ढुङ्गेल संस्कृति, पर्यटन तथा नागरिक.....
रारा । मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले ९० लाख राजस्व उठाएको छ । मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका एक दर्जनभन्दा बढी पाटन क्षेत्रमा यार्सा गुम्बा पाइन्छ । यी स्थानमा पाइने यार्सा गुम्बा सङ्कलनकर्ताबाट.....
बेलिन्जोना । इरानसँग ‘कुनै पूर्वशर्त विना कुराकानी गर्न’ वासिङ्टन तयार रहेको आइतबार अमेरिकाले बताएको छ । अमेरिकाले इरानका ‘गलत गतिविधि’लाई नियन्त्रण गर्न आवश्यक कदम चाल्ने कुरामा पनि इरानका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जोड दिए । अमेरिकी विदेशमन्त्री पोम्पेओले स्वीट्जरल्याण्डका विदेश मन्त्री.....
काठमाडौँ । वन तथा वातावरण मन्त्रालय मातहतका द टिम्बर कर्पाेरेशन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समिति गाभेर ‘नेपाल वन निगम’ बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुवै संस्थालाई मन्त्रिपरिषद्ले गत वर्ष साउन १८ गते एकापसमा गाभ्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार गाभ्ने प्रक्रिया अघि बढेको.....