नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले एक वर्षको अवधिमा गैह्र सैनिकतर्फ ६ करोड २९ लाख ४९ हजार रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ । उक्त संस्थानमा आव २०७४/७५ मा ९६ गैह्र सैनिकका सन्ततिलाई अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको सैनिक कल्याणकारी कोषले जनाएको छ । सोही आर्थिक वर्षमा चिकित्सा.....
बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक एक हजार रूपैयाँका दरले भत्ता दिने निर्णय गरेको उपप्रमुख राधा ओझाले बताइन् । एकल महिलाजस्तै एकल पुरुष पनि.....
मुलुकका विभिन्न क्षेत्रमा रोपाइ सकिएपनि मलको अभाव देखिएपछि सरकारले थप ३० हजार टन रासायनिक मल ल्याउने कार्य तीव्र पारेको छ । लामो समयदेखि भारतको बिसाका पट्नामा र्याक नपाएपछि ढुवानीको समस्याले रोकिएको मल शनिबारदेखि ल्याउने प्रक्रिया सुरु भएको हो । पहिलो चरणमा २ हजार ५ सय टन मल शनिवार नै नाकामा आइपुग्ने.....
प्रतिनिधिसभाको आजको बैठकमा ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उक्त विधेयक प्रस्तुत गरेका हुन् । यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले ‘भुक्तानी तथा फर्छ्योट विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव.....
कोरियाली सरकारको सहयोगमा योङ स्टार सामुदायिक स्वास्थ्य सेवा केन्द्र, सोलुखुम्बुलाई अत्याधुनिक सुविधासहितको एम्बुलेन्स सहयोग प्राप्त भएको छ । करीब एक करोड मूल्य बराबरको उक्त एम्बुलेसमा स्वास्थ्यसम्बन्धी अत्याधुनिक सामग्री जडित छ । योङ स्टार सामुदायिक स्वास्थ्य सेवा केन्द्र र धुलिखेल अस्पतालको.....
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा यो वर्ष पनि पहिरोले क्षति गर्न थालेको छ । विसं २०१८ बाट खस्न शुरु गरेको सो पहिरोले वर्षेनी क्षति गर्दै आएको स्थानीय रामदत्त जोशीले बताए । डोल पहिरोका कारण अहिलेसम्म नौको मृत्यु भइसकेको छ । सयौँ रोपनी खेतीयोग्य जमीन बगाएको छ । पहिरोले १५० घर जोखिममा.....
यातायात व्यवस्था बागमती अञ्चल कार्यालयमा चालक अनुमतिपत्र बनाउनेको सङ्ख्या घटेको छ । एकान्तकुनास्थित उक्त कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्नेको सङ्ख्यासमेत घटेको छ । कार्यालयले काठमाडौँ उपत्यकाका चार ठाउँबाट सेवा उपलब्ध गराउँदै आएको छ । अहिले दैनिक पाँच सयदेखि ६ सयसम्म सेवाग्राही आउने गरेको.....
रोजगारीका क्रममा नेपालीले भोग्नुपरेका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय भेला संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु भएको छ । यूएइको दुबईस्थित ग्राण्ड एक्सिलर होटलमा आयोजना गरिएको भेलाको आज खानेपानी मन्त्री बीना मगरले उद्घाटन.....
चितवनकाे बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित भवन सम्झौता मितिभन्दा दोब्बर समय लागेको छ । जसका कारण लागत मूल्यमा १२ करोड रूपैयाँ बढी थपिने भएको छ । विसं २०६९ फागुनमा ३३ महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । भवनको ठेक्का प्रेरा आशिष जेभीलाई परेको थियो । अस्पतालका तर्फबाट भवन हेर्दै.....
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका ९ क्षेत्रीय कार्यालयका एक सय ३१ ओटा वितरण केन्द्रमार्फत् विद्युत महसुल अनलाइनमार्फत् भुक्तानी गर्न सकिने भएको छ । काठमाडौं क्षेत्रीय कार्यालयअन्तर्गतका ३० ओटा, हेटौंडा क्षेत्रीय कार्यालयअन्तर्गतका ११, पोखरा क्षेत्रीय कार्यालय अन्तर्गतका ११, नेपालगन्ज क्षेत्रीय.....