दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा मङ्गलबार एक बालकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरी जवान महेन्द्रबहादुर बिष्टका अनुसार पिपल्लास्थित शैलेश्वरी अस्पतालको से१च १९७८ नं को एम्बुलेन्सले ठक्कर दिँदा सोही अस्पतालका निर्देशक आइजङ्ग कुँवरका.....
मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली भू–भागमा हिमपातको सम्भावना औँल्याएको छ । आज.....
महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’अन्तर्गत उनीहरुको उद्दार गरिएको हो । वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक गौतमकुमार.....
'खोप लगाइसकेपछि सामान्य ज्वरो आउन सक्छ, २४ घण्टापछि आफैँ ठीक हुँदै जान्छ,' खोप प्रमाणपत्र कार्डमा यस्ताे जानकारी लेखिएको हुन्छ तर भ्याक्सिनेटर हरि घिमिरेले लगाएको खोपले आजसम्म बालबालिकालाई कुनै सङ्क्रमण भएको छैन । किन त ? “उहाँ खोप लगाउँदा हातलाई कपासजस्तो हल्का पार्नुहुन्छ । हल्का रुपले खोपको मात्र.....
आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रूपमा सम्पन्न हुने.....
लगातार १० दिनसम्म चल्ने अछाम जिल्लाकै सबैभन्दा ठूलो केदारनाथ मेला सोमबारबाट सुरु भएको छ । कात्तिक शुक्ल पञ्चमीदेखि चतुर्दशीसम्म केदारनाथ देवताको पूजाआजा गरी मनाइने मेलालाई ‘जामाको जात्रा’ नामले पनि पुकारिने गरिन्छ । जिल्लाको कमलबजार नगरपालिका–७ जामा गाउँमा लाग्ने यस मेलाले छुट्टै महत्व बोकेको.....
छठ पूजा गर्न थालेसँगै काठमाडौँको नदी तथा पोखरीको रूप फेरिएको छ । काठमाडाैंमा छठ पूजामा सबैभन्दा बढी जनसहभागिता रहने कमलपोखरी छठ पर्वका लागि सिँगारिएको छ । छठ मनाउन शुरु गरेसँगै अहिले कमलपोखरीको मुहार फेरिएको छ । विगतमा फोहर फाल्ने ठाउँ बनेको कमलपोखरी अहिले घुमघाम गर्ने तथा समय बिताउने आकर्षक ठाउँ बनेको.....
ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालका लागि आजको खेल निकै महत्वपूर्ण छ । नेपालको दोस्रो चरणको यात्रा यसै.....
पाल्पाकाे रिब्दीकोट गाउँपालिकाले एकल महिलालाई उद्यमशीलताको विकासबाट आत्मनिर्भर बनाउन प्रत्येक वडामा समूह गठन गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा पाँच सदस्यीय समिति गठन गरेको छ । अहिलेसम्म रिब्दीकोटको आठ वडामा समिति गठन भइसकेको छ । समितिले एकल महिलाको माग सङ्कलन गर्नेछ । मागका आधारमा गाउँपालिकाले.....
युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तिमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हुँदै गएको छ । विवाह–ब्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा रामपुर क्षेत्रमा अहिले लोपोन्मुख अवस्थामा छ । परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोप हुँदै गएको छ । पञ्चेबाजा.....