समाचार


वर्षौँपछि घरघरमा धारा

वर्षौँपछि घरघरमा धारा

२९ कार्तिक २०७५, बिहीबार १४:४६

वर्षाैंदेखि खानेपानीको समस्या झेल्दै आएका बागलुङ नगरपालिका–४ छापाका स्थानीयवासी घरमै पानी आएपछि दङ्ग छन् । दैनिक एक घण्टा लगाएर पानी भर्नुपर्ने समस्याले आजित भएका स्थानीय घरमै पानीको धारो आउँदा हर्षित भएका हुन् । “हामी पानीको लागि दैनिकी गुजार्दै आएका थियौँ” छापाका स्थानीय भूमीश्वर सापकोटाले भने,.....

बालिका हत्यामा संलग्न अभियुक्त सार्वजनिक

बालिका हत्यामा संलग्न अभियुक्त सार्वजनिक

२९ कार्तिक २०७५, बिहीबार १३:५९

गत शनिबार उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको हत्यामा संलग्न भएका दुई अभियुक्तहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी गराएका हुन्.....

महिला हिंसाबारे निःशुल्क हेल्पलाइन ‘११४५’ को प्रभावकारिता बढ्दो

महिला हिंसाबारे निःशुल्क हेल्पलाइन ‘११४५’ को प्रभावकारिता बढ्दो

२९ कार्तिक २०७५, बिहीबार १२:३०

राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपटक शुरु गरेको २४ सै घण्टा सञ्चालन हुने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौँ ११४५’ को प्रभावकारिता बढ्दै गएको छ । हेल्पलाइन शुरु भएदेखि यो एक वर्षको अवधिमा करीब ५० हजार फोन आएको छ । २०७४ मङ्सिर २५ देखि सञ्चालनमा आएको सो हल्पलाइनमार्फत अहिलेसम्म एक हजार ८४ अाेटा महिला.....

अग्लो मन्दिरका लागि ३३ लाख सङ्कलन

अग्लो मन्दिरका लागि ३३ लाख सङ्कलन

२९ कार्तिक २०७५, बिहीबार १०:२१

पर्वत जिल्ला सदरमुकाम कुश्माबजारमा रहेको गुप्तेश्वर परिसरमा विश्वकै अग्लो शिव–पार्वती मूर्ति बनाउन ३३ लाख रूपैयाँ सङ्कलन भएको छ । मूर्ति, गुप्तेश्वर आश्रम र सिसमहल बनाउका लागि विसं २०७६ जेठ १ देखि ११ गतेसम्म आयोजना गरिने विराट गुप्तेश्वर धार्मिक मेला, तुलादान तथा कोटीहोम महायज्ञ आयोजना गरिने भएको.....

नेपाल प्रहरीलाई ‘डिजिटल गभर्नमेन्ट अवार्ड’

नेपाल प्रहरीलाई ‘डिजिटल गभर्नमेन्ट अवार्ड’

२८ कार्तिक २०७५, बुधबार १६:००

सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनद्वारा प्रदान गरिने ‘एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ प्राप्त गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज.....

नदीजन्य पदार्थको चोरी निकासी रोकिएन

नदीजन्य पदार्थको चोरी निकासी रोकिएन

२८ कार्तिक २०७५, बुधबार १५:५१

कपिलवस्तुको बाणगङ्गा नदीआसपास क्षेत्रबाट नदीजन्य पदार्थको अवैध निकासी रोकिएको छैन । बाणगङ्गा नदीबाट लामो समयदेखि हुँदै आएको नदीजन्य पदार्थको अवैध चोरी निकासी भइरहेको स्थानीयवासीले बताएका छन् । रातिको समयमा बाणगङ्गा पुलको उत्तर र दक्षिणी क्षेत्रबाट निकासी भइरहेको बेला प्रहरीको गस्ती टोलीले पाँच.....

मुसा मार्न प्रशासन गुहार

मुसा मार्न प्रशासन गुहार

२८ कार्तिक २०७५, बुधबार १५:४८

पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् । पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानले मुसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । पाँच सय रोपनी क्षेत्रफलमा रोपाइँ.....

कृषि विश्वविद्यालयमा आगजनी

कृषि विश्वविद्यालयमा आगजनी

२८ कार्तिक २०७५, बुधबार १५:४२

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी गरेका छन् । मङ्गलबार साँझ ७ः३० बजे विश्वविद्यालय केन्द्रीय कार्यालय, कृषि डिनको कार्यालय र प्रशासन कार्यालय भवनको सिसा तोडफोडपछि आगजनी गरेका हुन् । प्रहरी चौकी रामपुरका इञ्चार्ज शिवमङ्गल चौधरीका अनुसार डिनको कार्यालय भवनको १५, केन्द्रीय.....

पितृको स्मरणमा पदमार्ग निर्माण

पितृको स्मरणमा पदमार्ग निर्माण

२८ कार्तिक २०७५, बुधबार १२:११

आफ्ना पितृ (पुर्खा)को स्मरणमा सन्तानले सप्ताह पुराण लगाउँछन् । दान दिन्छन् र भोज खुवाउने पनि गर्दछन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका स्थानीयवासीले भने पर्यटकीयस्थल खोप्रालेकसम्म पुग्ने अक्करे भीरमा पदमार्ग निर्माण गरेर आफ्ना पितृको स्मरण गरेका छन् । आफ्नै थाँतथलोमा ज्यान गुमाएका.....

विवाद मिलाउन सात दिने चेतावनी

विवाद मिलाउन सात दिने चेतावनी

२८ कार्तिक २०७५, बुधबार ११:४३

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न सात दिनको समयसीमा दिएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टले मङ्गलबार विज्ञप्ति जारी गरी नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो युनियनबीचको विवाद सधैँका लागि अन्त्य गर्न पत्रचार गर्दै सात दिने समयसीमा.....