पाँच लाखभन्दा बढी कित्ता सेयर बिक्री हुँदै

एक सय मूल्य अङ्कित दरका पाँच करोड ४० लाख रूपैयाँबराबरको साधारण सेयर बिक्रीका लागि एनआर्इबीएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

चौतारी लघुवित्त वित्तीय संस्थाले पाँच लाख ४० हजार कित्ता साधारण सेयर(आर्इपीओ) बिक्री गर्ने भएको छ ।

एक सय मूल्य अङ्कित दरका पाँच करोड ४० लाख रूपैयाँबराबरको साधारण सेयर बिक्रीका लागि एनआर्इबीएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको सो संस्थाले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

संस्थाको अधिकृत पूँजी ३० करोड, जारी पूँजी १८ करोड र चुक्तापूँजी १२ करोड ६० लाख रूपैयाँ छ ।

सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा चौतारी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र एनआर्इबसीएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको यो वित्तीय संस्थाले छोटो अवधिमै रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखाँची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान गरी १० जिल्लाभित्र ३४ अाेटा शाखा कार्यालय स्थापना गरेको छ । ती कार्यालयबाट २२ हजार ९ सय ८ विपन्न महिलालाई समूहमा आबद्ध गरी १७ करोड ६४ लाख ५२ हजार रूपैयाँ बचत सङ्कलन गरेको छ ।

यस्तै ६१ करोड ५० लाख ७८ हजार कर्जा प्रवाह गरेको सो संस्थाले गत आर्थिक वर्षमा ५७ लाख खुद मुनाफा आर्जन गरेको थियो । संस्थाले चालू आवको तेस्रो त्रैमासिकसम्ममा ६५ लाख ४२ हजार रूपैयाँ खुद मुुनाफा हासिल गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ ।