उत्तरार्धमा तातेको सेयर बजार

सामान्य गतिमा घटिरहेको बजारमा अपरान्हसम्म खासै उतार–चढाव भएन । उत्तरार्धमा पुगेपछि तातेको सेयर बजार अन्त्यमा १५.६५ अङ्क बढेर बन्द भएको हो ।

आज नेपाल स्टक एक्स्चेन्ज परिसूचक (नेप्से) १५.६५ अङ्क बढेर १३६१.०२ अङ्कमा बन्द भएको छ ।

बजार खुल्ने बित्तिकै बढ्ने सङ्केत देखिए पनि विस्तारै ओरालो लागेको थियो । सामान्य गतिमा घटिरहेको बजारमा अपरान्हसम्म खासै उतार–चढाव भएन । उत्तरार्धमा पुगेपछि तातेको सेयर बजार अन्त्यमा १५.६५ अङ्क बढेर बन्द भएको हो ।

आज नेप्सेमा कुल छ हजार तीन सय एक ट्रान्जेक्सनबाट १४ लाख ३९ हजार तीन सय ९३ कित्ता सेयर किनबेच हुँदा ५० करोड ६४ लाख ८९ हजार तीन सय २२ रुपैयाँको कारोबार भयो ।

बैङ्क ११.७४, होटल ४३.८८, विकास बैङ्क १८.१७, जलविद्युत २०.३, फाइनान्स ०.१४, बिमा १५१.२३, अन्य ०.०६ र लघुवित्त ३५.७६ अङ्क बढेका छन् । उत्पादनमूलक समूह २.४३ अङ्क घटेको छ ।

यसैगरी बजार सेन्सेटिभ ३.०४ अङ्क बढेर २८७.०९ अङ्क पुगेको छ ।