त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राजधानी काठमाडौं आउने क्रममा दिउँसो सवा १ देखि पौने २ बजेसम्म विमानस्थलको आन्तरिक एवम् अन्तर्राष्ट्रिय उडान बन्द हुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

यसबारेको सूचना केही दिनअघि नै सम्पूर्ण एयरलाइन्स कम्पनीलाई जानकारी गराइसकेकाले त्यसबेला जहाजहरुलाई कुनै समस्या नहुने उनको भनाइ छ । मोदी भारत फर्कने क्रममा शनिबार दिउँसो ३ देखि ४ बजेसम्म पनि विमानस्थल बन्द हुनेछ ।