पाँच दिनभित्र नेप्सेमा दुई अर्ब २० लाखको सेयर कारोबार

यो साता नेप्सेमा १ सय ८१ कम्पनीका २९ हजार ३ सय १९ कारोबारबाट ४८ लाख १२ हजार ७ सय ७० कित्ता सेयर खरिद बिक्री भएका थिए । जबकि गत साता १ सय ७६ कम्पनीका १८ हजार ४ सय ८३ कारोबारबाट ३२ लाख ४४ हजार ५ सय कित्ता सेयर किनबेच भएका थिए ।

यो साता पुँजीबजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ अर्ब १९ लाख ९९ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

यो साताको कुल कारोबार रकम गत साताको १ अर्ब ५६ करोड ७० लाख ४२ हजारको तुलनामा २७.७६ प्रतिशतले बढी हो । यो साता नेप्सेमा १ सय ८१ कम्पनीका २९ हजार ३ सय १९ कारोबारबाट ४८ लाख १२ हजार ७ सय ७० कित्ता सेयर खरिद बिक्री भएका थिए । जबकि गत साता १ सय ७६ कम्पनीका १८ हजार ४ सय ८३ कारोबारबाट ३२ लाख ४४ हजार ५ सय कित्ता सेयर किनबेच भएका थिए । यो साता कारोबार सङ्ख्या (३ हजार ९ सय ३५)को आधारमा र कारोबार रकमका आधारमा बुटल पावर कम्पनी अगाडि छ । यो साता बुटवलको १२ करोड ७३ लाख ४० हजार रुपैयाँबराबरको सेयर खरिद विक्री भएको छ । तर, कारोबार भएको सेयर सङ्ख्याका आधारमा भने सिभिल बैङ्क अगाडि छ र उसको यो साता ६ लाख ३८ हजार कित्ता सेयर किनबेच भएका छन् ।

यो साता नेप्से १७.७१ अङ्कले झरेको छ । गत बिहीबार १३६६.१५ अङ्कमा रहेको नेप्से यो बिहीबार आउँदा १३४८.४५ अङ्कमा रोकिएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५.१९ अङ्कले घटेर अन्तिम दिन १३४८.४५ अङ्कमा रोकिएको छ । ५ दिन कारोबार भएको नेप्सेमा ४ दिन बजार घट्दा १ दिन मङ्गलबार १५.६५ अङ्कले बजार चढेको छ । नेप्सेका अनुसार आइतबार १२.५१, सोमबार ८.२७, बुधबार ४.८७ र बिहीबार ७.७० अङ्कले नेप्से घटेको हो । साताभर नेप्सेमा वर्गीकृत सबै १० ओटै समूहसूचक घटेपछि त्यसको असर नेप्सेमा परेको हो । यो साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि घटेर २८४.५९ अङ्कमा आइपुगेको छ ।

यो साताभर तीन ओटा कम्पनीको बोनस सेयर तथा हकप्रद सेयर गरी ३५ लाख ८ हजार १ सय ५ कित्ता सेयर नेप्सेमा सूचीकरण भएका छन् । त्यसमध्ये कन्काई विकास बैङ्कका २ लाख ९० हजार कित्ता बोनस सेयर, काबेली विकास बैङ्कका ३ लाख ५० हजार ८ सय ८० कित्ता हकप्रद सेयर र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीका २८ लाख ६७ हजार २ सय २५ कित्ता सेयर सूचीकरण भएका हुन् ।