मतदानमा व्यवसायीहरु  (तस्विरहरु)

बिहिबार भएको दोस्रो चरणको प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा उद्योगी व्यवसायीले विभिन्न मतदान केन्द्रबाट आफ्नो भोट खसालेका छन् । उद्योगी विनोद चौधरीले नवलपुर, उद्योग बाणिज्य महासंघका निर्वतमान अध्यक्ष पशुपती मुराराका, महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल र सदस्य कृष्ण दुलालले काठमाडौंबाट मतदान गरेका छन् । संविधान निर्माण भएर कार्यान्वयनका लागि...

बिहिबार भएको दोस्रो चरणको प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा उद्योगी व्यवसायीले विभिन्न मतदान केन्द्रबाट आफ्नो भोट खसालेका छन् ।

उद्योगी विनोद चौधरीले नवलपुर, उद्योग बाणिज्य महासंघका निर्वतमान अध्यक्ष पशुपती मुराराका, महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल र सदस्य कृष्ण दुलालले काठमाडौंबाट मतदान गरेका छन् ।

संविधान निर्माण भएर कार्यान्वयनका लागि भएको मतदानले उद्योगी व्यवसायी खुशी भएका छन् । अब राजनीति अस्थिरता हटेर मुलुक आर्थिक एजेन्डा लिएर अघि बढ्ने व्यवसायीले बताए । मतदानपछि क्यापिटल नेपालसँग कुरा गर्दै उद्योगी चौधरीले अब मुलुक समृद्धिको यात्रातर्फ अगाडी बढेको बताए । ‘राजनीति एजेन्डा एक चरणमा पुगिसक्यो अबको एजेन्डा विकास र समृद्धि हो,’ उनले भने ।