तपाईंको साथको शक्ति

मुलुकले आर्थिक समृद्धि हासिल गर्न सरकार र निजीक्षेत्रको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । कुनै एउटा क्षेत्रको परिकल्पनामा मात्रै मुलुकले गति लिन सक्दैन ।

क्यापिटल बिजनेस म्यागजिनले दुई वर्ष पूरा गरेको छ । एउटा मासिक म्यागजिनले दुई वर्ष लगाएर २४ अङ्क निकाल्नु लामो समय होइन । तर पनि यो अवधिलाई हामीले सिक्ने अवसरका रुपमा लियौं । हामी पत्रकारिताको धर्म र मर्मबारे जति चिन्तित छौं, त्यति नै निजीक्षेत्रको उत्थान र प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न तल्लीन रह्यौं ।

त्यसैगरी मुलुकमा देखिएका आर्थिक विसङ्गतिहरुविरुद्ध खरो रुपमा उत्रिने प्रयास गर्यौँ । निजीक्षेत्रको प्रवद्र्धनमा जति ध्यान दिएका छौं, त्यसका गैरजिम्मेवारीपनालाई पनि उत्तिकै सचेत बनाउने कोसिस गरेका छौं । दुई वर्षको छोटो अवधिमा क्यापिटलले पाठकबाट अगाध विश्वास र माया पाउन सफल भएको छ ।

त्यसैको परिणाम हामीलाई हरेक अङ्क समयमै निकाल्न हौसला मिलेको मात्र छैन, सबैको सहयोग र माया पाएका कारण यही अवधिमा capitalnepal.com नामक अनलाइन समाचार पोर्टल पनि सञ्चालनमा ल्याउन सफल भएका छौं । जसले तत्कालका विषयवस्तुमाथि गहिरो ढङ्गले अध्ययन गरी वस्तुनिष्ठ समाचार सम्प्रेषणमा महङ्खवपूर्ण भूमिका खेलेको छ ।

मुलुकले आर्थिक समृद्धि हासिल गर्न सरकार र निजीक्षेत्रको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । कुनै एउटा क्षेत्रको परिकल्पनामा मात्रै मुलुकले गति लिन सक्दैन । सरकारले नीतिनियम बनाउने र निजीक्षेत्रले त्यही नीतिनियमभित्र बसेर उद्यम तथा व्यापार/व्यवसाय सञ्चालन गर्दा सर्वसाधारणले सहज रुपमा सेवा पाउने अवस्था बन्छ ।

मुलुकले आर्थिक उदारीकरणलाई पछ्याइरहेकाले निजीक्षेत्रको भूमिका अझ दिनप्रतिदिन बढ्दो छ । सरकारले त बाटो मात्रै देखाइदिने हो, काम गर्ने निजीक्षेत्रले नै हो ।

मुलुकमा सङ्घीय संरचना स्थापनापछि आएको क्यापिटल म्यागजिनले यो अवधिमा सङ्घलाई मुख्य कार्यक्षेत्र मानेर अघि बढेको थियो । यद्यपि प्रदेश र अन्य स्थानीय तहका समस्या र वस्तुस्थितिबारे समाचार नपस्किएको भने होइन । तर तेस्रो वर्ष प्रवेशकै अवसर पारेर हामीले मुलुकको आर्थिक राजधानीका रुपमा चिनिएको वीरगन्जको वास्तविक वस्तुस्थिति उजिल्याउने प्रयास गरेका छौं ।

विभिन्न ऐन/नियमहरुमा समसामयिक सुधार गरेको छ । अझ केही कानुन सुधारका लागि प्रक्रिया अघि बढाएको छ । यसले निजीक्षेत्र थप प्रोत्साहित हुने र विकास निर्माणमा कोसेढुङ्गा सावित हुनेछ भन्ने विश्वास गर्न सकिन्छ । यही विश्वासका साथ म्यागजिन दुई वर्ष पूरा गरेको अवसरमा हामी हाम्रा पाठक, सूचनादाता, विज्ञापनादाता तथा शुभचिन्तकप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।

प्रदेशस्तरमा गएर त्यहाँका समस्या उजागर गर्दै समाधानमा सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउनु हाम्रो थप जिम्मेवारी हुनेछ । म्यागजिन निस्किन थालेदेखि नै मुलुकले नयाँ कोर्स अघि बढाएको छ ।

लामो समयदेखि राजनीतिक अन्योलता चिरिएपछि स्थायी सरकारको मुख्य ध्येय नै समतामूलक आर्थिक विकास हुन पुगेको छ । सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गराउने ध्येयका साथ आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट पनि सार्वजनिक गरिसकेको छ ।

यदाकदा जनतामा निराशा पलाउने हो कि भन्ने आशङ्काहरुलाई मेट्न आगामी बजेटले केही हदसम्म भूमिका खेल्नेछ । चालू वर्षमा जनमानसमा केही निराशा देखिए पनि आगामी वर्षको बजेट कार्यान्वयनसँगै उनीहरुको निराशा आशामा परिणत हुनेछ भन्ने विश्वास गर्नुको विकल्प छैन ।

विशेषगरी कर्मचारी, राजनीतिक नियुक्ति र निर्वाचित सबै वर्गको तलबमानमा १८ र २० प्रतिशतको वृद्धि, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका, एकल महिला, लोपोन्मुख आदिवासी/जनजातिसमेतको सामाजिक सुरक्षा भत्तामा भएको वृद्धिले एउटा तप्कालाई जीवनयापनमा सहजता प्रदान गर्नेछ ।

अर्कोतिर बजेटले नयाँ योजनाभन्दा पनि पुराना आयोजनालाई सक्ने गरी पर्याप्त बजेट विनियोजन गरेकाले विगतमा आयोजना कार्यान्वयवनमा देखिएको समस्या समाधान हुने विश्वास गर्न सकिन्छ । त्यसैगरी तलबमानमा भएको वृद्धिले कर्मचारीमा कामप्रतिको लगाव बढाउने र भ्रष्टाचारजन्य क्रियाकलापमा सहभागी हुन निरुत्साहित गर्ने आशा गर्न सकिन्छ । सरकारले धेरै पछि आगामी वर्षदेखि सुरु हुने पञ्चवर्षीय योजना मात्रै अघि सारेको छैन, २५ वर्षे विकास खाकासमेत पहिलो पटक कोरेको छ ।

सरकारले लगानीमैत्री वातावरण बनाई निजीक्षेत्रलाई विश्वासमा लिने कोसिस जारी छ । त्यसैका लागि सरकारले यस वर्ष लगानी सम्मेलन गर्यो भने विभिन्न ऐन/नियमहरुमा समसामयिक सुधार गरेको छ । अझ केही कानुन सुधारका लागि प्रक्रिया अघि बढाएको छ । यसले निजीक्षेत्र थप प्रोत्साहित हुने र विकास निर्माणमा कोसेढुङ्गा सावित हुनेछ भन्ने विश्वास गर्न सकिन्छ । यही विश्वासका साथ म्यागजिन दुई वर्ष पूरा गरेको अवसरमा हामी हाम्रा पाठक, सूचनादाता, विज्ञापनादाता तथा शुभचिन्तकप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं । आगामी दिनमा पनि यहाँहरुबाट सदैव यस्तो सहयोगको अपेक्षा गर्दछौं ।