सुरू भयाे म्याग्दी भ्रमण वर्ष

पर्यटनको क्षेत्र उकास्न पूर्वाधार अनिवार्य आवश्यकता भएकाले पूर्वाधार विस्तारका लागि मन्त्रालयले योजना बनाइरहेको मन्त्री अधिकारीले उद्घाटनका क्रममा बताए । ‘पदमार्गको हब म्याग्दी नै हो, विश्वलाई चिनाउने पदमार्ग भएको जिल्लाको भ्रमण वर्षले पर्यटकलाई आकर्षित गर्नेछ,’ मन्त्री अधिकारीले भने ।

विश्वको सातौं अग्लो धौलागिरि हिमालसहित आधा दर्जनजति हिमाली शृङ्खला, तातोपानी कुण्ड, अग्ला पहाडमा अवस्थित पर्यटकीयस्थल, विश्वचर्चित पदमार्गसहित थुपै्र गन्तव्य भएको जिल्लाको पर्यटन प्रवद्र्धन गर्न म्याग्दी भ्रमण वर्ष–२०७५ को सुभारम्भ गरिएको छ ।

पर्यटनको क्षेत्र उकास्न पूर्वाधार अनिवार्य आवश्यकता भएकाले पूर्वाधार विस्तारका लागि मन्त्रालयले योजना बनाइरहेको मन्त्री अधिकारीले उद्घाटनका क्रममा बताए । ‘पदमार्गको हब म्याग्दी नै हो, विश्वलाई चिनाउने पदमार्ग भएको जिल्लाको भ्रमण वर्षले पर्यटकलाई आकर्षित गर्नेछ,’ मन्त्री अधिकारीले भने ।

भ्रमण वर्षले नेपालमा विभिन्न मुलुकबाट समेत भित्रिने पर्यटकको सङ्ख्या बढ्नेमा आशावादी रहेको बताउँदै यसका लागि सरकारले समेत आवश्यकता अनुसार बजेट सहितका कार्यक्रमहरु सञ्चालन गर्ने मन्त्री अधिकारीले बताए । नेपाललाई पर्यटनको क्षेत्रबाट समृद्ध बनाउन सकिने बताउँदैे नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटनको योगदान २५ प्रतिशत पु¥याउने लक्ष्य रहेको मन्त्री अधिकारीको भनाइ थियो ।

छिमेकी मुस्ताङ जिल्लाको प्रवेशद्वार समेत रहेको म्याग्दीमा भित्रिने पर्यटकलाई जिल्लाभित्रका विभिन्न पर्यटकीयस्थलमा पु¥याउने लक्ष्य सहित सुरू भएको भ्रमण वर्षलाई सफल बनाउन होमस्टे, पदमार्गको परिचय, आवश्यक पर्ने सम्पूर्ण संरचनाका लागि सरकारी र निजी क्षेत्रले सहकार्य गर्ने गरी योजना बनाइएको छ ।

भ्रमण वर्षका मूल संयोजक एवम् म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले भ्रमण वर्षलाई पूर्वाधार विस्तार र प्रचारप्रसार सँगसँगै लैजाने बताए । उनले भ्रमण वर्षको अवसरमा जिल्लामा आन्तरिक तथा बाह्य गरी करिब ५० हजारभन्दा बढी पर्यटक भित्र्याउने र एक पटक म्याग्दी पुग्नै पर्ने अभियान अन्तरगत देशभरका निजी तथा सामुदायिक सङ्घसंस्थालाई निम्तो दिने बताए ।

पर्यटक सूचना केन्द्र

यसै क्रममा म्याग्दी जिल्लाको बेनीमा स्थापना गरिएको सूचना केन्द्रको उद्घाटन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले केन्द्रको उद्घाटन गर्दै पर्यटकलाई सूचना उपलब्ध गराउने बैङ्क भएको बताए । उनले सूचना केन्द्रलाई निरन्तर सञ्चालन गर्दै जिल्लाभित्रका सम्भावनायुक्त क्षेत्रका बारेमा जानकारी सहित पर्यटक पुग्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

बेनी नगरपालिका, नेपाल पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य सङ्घद्वारा करिब १५ लाखको लागतमा सञ्चालित केन्द्रमा पुराना र नयाँ पदमार्गको सम्पूर्ण विवरण, छ दशक अगाडि खिँचिएका म्याग्दीका तस्बिर, निशुल्क इन्टरनेटसहित विभिन्न सूचना राखिएको छ ।

म्याग्दीका ६ ओटै स्थानीय तहका पर्यटकस्थल

जिल्लाका ६ ओटै स्थानीय तहमा रहेका पुराना र नयाँ पर्यटकीय स्थलको दूरी सहितको जानकारी दिइएकोे छ । बेनी नगरपालिकाका प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम, पौलस्त्य पुलहश्रम, प्राकृतिक तातोपानी, जगन्नाथ मन्दिर, महारानी मन्दिर, भकिम्लीको स्वर्गाश्रम, बेलढुङ्गा, लभ्लीहिलबारे जानकारी पाइन्छ ।

रघुगङ्गा गाउँपालिकाको नेपालकै लामो र अग्लो झोलुङे पुल, रिखार मन्दिर, रुईसे, नौली बराह मन्दिर, धौलागिरि सेन्चुरी पदमार्ग तथा अन्नपूर्ण गाउँपालिकाको घोरेपानी, पुनमगरहरुको पहिचान करवाकेली, संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, तातोपानी कुण्ड पुग्न बेनीबजारबाट लाग्ने दूरी खुल्ने गरी प्रचारप्रसार गरिएको छ । जिल्लाका अन्य स्थल जस्तैः, टोड्के, बरन्जा झाक्रेपानी, मालिका मन्दिर, निस्कोट बराह ताल, रुमको दुरलेक, ओखरबोटको सोलेडाँडा, धौलागिरी हिमाल, गुर्जा गाउँ, ढोरपाटन सिकार आरक्षको म्याग्दी खण्ड, गुरिल्ला पदमार्ग सहित विभिन्न पर्यटकीय सम्भावना रहेका क्षेत्रलाई प्रचारप्रसार गरिएको छ । नेपालका विभिन्न मुख्य सहरबाट जिल्लाको सदरमुकाम हुदै सम्बन्धित पर्यटकीयस्थलमा पुग्ने आवश्यक सम्पूर्ण विवरण सूचना केन्द्रमा राखिएको छ ।