हिमालयन ट्राभल मार्ट २०१८ काठमाडौंमा हुने

हिमालयन ट्राभल मार्ट २०१८ मा विदेशी विक्रेता र क्रेताको सहभागिता हुनेछ । सोल्टी होटलमा हुने मार्टमा हिमाली पर्यटन उद्योग, ग्लोबल बायर्स, हिमालयन सेलर्स, ट्राभल ब्लगर्स, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मिडिया, पर्यटनविद् तथा हिमालयन पर्यटनका विभिन्न जानकारहरुको सहभागिता रहने छ ।

पर्यटन क्षेत्र सम्बन्धित हिमालयन ट्राभल मार्ट आगामी जुन १ देखि ३ सम्म काठमाडौंमा हुने भएको छ ।

हिमालयन ट्राभल मार्ट २०१८ मा विदेशी विक्रेता र क्रेताको सहभागिता हुनेछ । सोल्टी होटलमा हुने मार्टमा हिमाली पर्यटन उद्योग, ग्लोबल बायर्स, हिमालयन सेलर्स, ट्राभल ब्लगर्स, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मिडिया, पर्यटनविद् तथा हिमालयन पर्यटनका विभिन्न जानकारहरुको सहभागिता रहने छ ।

नेपाल पर्यटन बोर्डको मुख्य आयोजनामा हुने हिमालयन ट्राभल मार्टको सह आयोजक पाटा इन्टरनेसनल, नेपाल वायुसेवा निगम, पाटा नेपाल च्याप्टर र टुरिजम एसोसिएसन अफ नेपाल (टान) छन् ।

नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले २०१७ मा भएको हिमालयन ट्राभल मार्टले नेपालको पर्यटन क्षेत्रमा ठूलो टेवा पुगेकाले अर्को ट्राभल मार्टको आयोजना गरिएको बताए । यसबाट हिमालय क्षेत्रको पर्यटकीय सम्भावना उजागर हुने सीईओ जोशीको भनाइ छ ।