नेप्सेमा दोहोरो अङ्ककाे गिरावट, कारोबार रकम पनि घट्दाे

सबैभन्दा बढी बिमा समूहको परिसूचक ७० अङ्कले घटेको छ । जलविद्युत्, फाइनान्स र व्यापार समूहका परिसूचक पनि ओरालो लागेका छन् ।

अाज सोमबार बजार १०.२८ काे दोहोरो अङ्कको गिरावटसँगै नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) १३३८.१७ अङ्कमा झरेको छ। बजारमा प्रायःजसो समुहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बिमा समूहको परिसूचक ७० अङ्कले घटेको छ । जलविद्युत्, फाइनान्स र व्यापार समूहका परिसूचक पनि ओरालो लागेका छन् ।

कारोबार सुरु हुँदा केही बढे पनि बजार त्यसपछि लगातार ओरालो लागेके हाे । अाज होटल, उत्पादन तथा अन्य उपसूचक उकालो लागेपनि बाँकी उपसूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै विकास बैङ्कको उपसूचक १.७१ प्रतिशतले अाेराले लागेकाे छ। काराेबार रकम पनि घटेर ४२ करोड ५१ लाख रुपैयाँमा खुम्चिएकाे छ ।

अाज १ सय ६३ कम्पनीका १० लाख कित्ता सेयर किनबेच भएका छन् ।