दोस्रो चरणको निर्वाचनका लागि ६७ प्रतिशत मत खस्यो

दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको छ । पहिलो चरणको निर्वाचन मंसिर १० गते सम्पन्न भएको थियो ।  निर्वाचनमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनमा ४५ जिल्लाका ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भएको हो । बिहान ७ बजेदेखि ५ बजेसम्म मतदाताहरु सहभागी भएका थिए ।

दोस्रो चरणमा प्रतिनिधि सभाका १२८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६६३ तथा प्रदेश सभा सदस्यतर्फ २५६ क्षेत्रबाट २ हजार ८१९ जना उमेदवार छन् ।