व्यापार तथा उत्पादन समूह बाहेक सबै समूह आज ओरालो लागेका छन् । ती दुई समूह क्रमशः २.८२ तथा १.२२ अङकले बढेका हुन् ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जम्मा १४ करोड ९२ लाख ३९ हजार नौ सय ५५ रुपैयाँको कारोबार भएको छ । ४.३२ अङ्क घट्दा कुल एक हजार नौ सय ५९ ट्रान्जेक्सनमा तीन लाख १९ हजार दुई सय ६० कित्ता सेयर किनबेच भएका हुन् ।
व्यापार तथा उत्पादन समूह बाहेक सबै समूह आज ओरालो लागेका छन् । ती दुई समूह क्रमशः २.८२ तथा १.२२ अङकले बढेका हुन् । घटेका अरु सबै समूहहरुमा बैङ्किङ ४.२८, होटल ३२.९५, विकास बैङ्क १०.९६, जलविद्युत् १३.१४, फाइनान्स १.३३, बिमा १२.७६, माइक्रो फाइनान्स ०.३३ अङ्कले घटेका छन् ।
आज सबैभन्दा बढी कारोबार हुने तीन ओटा कम्पनीमध्ये मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैङ्क पहिलो स्थानमा छ । यसको कुल ८६ लाख ४० हजार एक सय पाँच रुपैयाँको कारोबार भएको हो । यसैगरी प्रिमियर इन्स्योरेन्स कम्पनीको ५४ लाख ७३ हजार २ सय छ रुपैयाँ तथा गन्डकी विकास बैङ्कको ५२ लाख १६ हजार छ सय ६४ रुपैयाँको कारोबार भएको छ ।
आजै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ । ३५ प्रतिशत अग्राधिकार सेयर दिएपछि यसको औसत आधार मूल्य १०२३ रुपैयाँ ८० पैसाबाट ७५२ रुपैयाँ ५९ पैसामा समायोजन भएको हो ।