जेठ ७ देखि २१ घण्टा एयरपोर्ट सञ्चालन

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनको लागि पर्यटनमन्त्री रविन्द्र अधिकारीले तीव्र तयारी थालेका छन् । जेठ ७ गते देखि २१ घण्टा एयरपोर्ट सञ्चालनको लागि मंगलबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भएका कर्मचारीका ट्रेडयुनियनहरु संग संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले छलफल समेत गरे ।

एयरपोर्टमा बढ्दो एयर ट्राफिक जामलाई केहि मात्रामा कमि गर्न भन्दै २१ घण्टा एयरपोर्ट सञ्चालन गर्ने पर्यटन मन्त्री अधिकारीले घोषणा गरेका थिए । ट्रेडयुनियन सँगको छलफलमा २१ घण्टा एयरपोर्ट सञ्चालनको लागि भएका प्रगतीहरुको विषयमा जानकारी लिएका थिए । सोही क्रममा ट्रेडयुनियनका पदाधिकारीहरुले आवश्यक जनशक्तिलाई चाहिने सेवा सुविदा दिनको लागि माग गरे ।

पर्यटन मन्त्री अधिकारीले राम्रो काम नगर्ने, एयरपोर्ट र नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)लाई सहयोग नगर्ने कर्मचारीहरुलाई विदाई गर्न सम्बन्धीत कार्यालयलाई निर्देशन समेत दिए ।
‘हिजो १२ घण्टा चलाउदा पनि उहि समस्या थियो, १८ घण्टा चलाउदा पनि उहि समस्या छ,’ मन्त्री अधिकारीले कर्मचारीहरुलाई भने । ‘अहिले २१ घण्टा सञ्चालन गरौं भन्दा पनि उहि समस्या आउछ भने समस्या नभएको दिन चाहिं कहिले आउछ ?’ उनले कामको अवस्था र जिम्मेवारीको आधारमा सेवा सुविदा बढाउदै जाने कर्मचारीहरुलाई आवश्वासन दिएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले एयरपोर्टमा आवश्यक म्यानपावर बढाएर २१ घण्टा सञ्चालनको लागि तयारी भइरहेको बताए ।

पर्यटन मन्त्री अधिकारीले सरकार गठन भएको १ सय दिन भित्रको कार्यप्रगतीमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लाई २१ घण्टा सञ्चालन गर्ने बताएका थिए । एयरपार्टमा बढ्दो ट्राफिक जामका कारण आन्तरिक एवंम बाह्य उडाहरु धेरै प्रभावित भएको जनगुनासो बढेपछि मन्त्री अधिकारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारको लागि लागिपरेका हुन ।