मतगणना जारी, बाम गठबन्धनको अग्रता

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मत गणना जारी छ । प्रारम्भिक नतिजा अनुसार बाम गठबन्धनले अग्रता लिएको छ । मंसिर १० गते पहिलो चरण र २१ दोस्रो चरणको निर्वाचन भएको थियो ।

पहिलो चरणमा ६५ प्रतिशत र दोस्रो चरणमा ६७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । प्रारम्भिक नतिजाअनुसार प्रतिनिधि सभामा एमाले २ स्थानमा विजय भएको छ भने १८ स्थानमा अग्रता कायम गरेको छ । एनेकपा माओवादी १ स्थानमा विजयी भएको छ भने ११ स्थानमा अग्रता लिएको छ । त्यस्तै प्रदेशसभामा एमालेले २ स्थानमा विजय गरेको छ भने १८ स्थानमा अग्रता लिएको छ त्यस्तै प्रदेशसभातर्फ माओवादीले १९ स्थानमा अग्रता हासिल गरेको छ । काँग्रेसले अहिलेसम्म प्रतिनिधिसभातर्फ आफ्नो खाता खोल्न सकेको छैन । प्रतिनिधिसभातर्फ ६ स्थानमा अग्रता लिएको छ । प्रदेशसभातर्फ १ स्थानमा काँग्रेस विजयी भएको छ भने ७ स्थानमा अग्रता लिएको छ ।

प्रतिनिधिसभातर्फ मनाङमा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ विजयी भएका छन् । प्रदेशसभा क मा काँग्रेसका चिन्तबहादुर घले र खमा एमाले समर्थित राजिव गुरुङ विजयी भएका छन् । त्यस्तै एमालेबाट मुस्ताङमा प्रेमबहादुर तुलाचन विजयी भएका छन् ।
पूर्वी रुकुमबाट माओवादीकी कमला रोका निर्वाचित भएकी छिन् ।