सुर्खेतबाट हुम्लाकाे सिमिकोटतर्फ सामान लिएर उडेको मकालु एयरको जहाज सम्पर्कबिहिन भएको छ। बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइन जहाज अहिलेसम्म पनि सम्पर्कमा आएको छैन। उक्त एयरलाइन्सले सुर्खेत र नेपालगन्जलाई आधार बनाएर हुम्ला उडान भर्दै आएको थियो ।
पाइलट किरन भट्टराई र को पाइलट रहेको सिंगल इन्जिन जहाज ९ सिटे हो । अहिले जहाजको खोजि गर्न सुर्खेतबाट हेलिकप्टरको परिचालन भइसकेको छ।