सुर्खेतबाट सिमिकाेट सामान लिएर उडेकाे मकालु एयरकाे जहाज अझै सम्पर्कविहीन छ । जहाज खाेज्न गएकाे हेलिकप्टरले जहाज भेटिएकाे भन्ने गलत सूचना दिएकाे तर जहाज नभेटिएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
‘खाेजी कार्य जारी छ । अहिलेसम्म जहाज भेटिएकाे छैन्,’ उनले क्यापिटल नेपालसँग भने, ‘हेलिकप्टरले खाेजिरहेकाे छ ।’