रामीण होमस्टे प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण र संवर्द्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूलआयोजक समितिका संयोजक नन्द घलेले जानकारी दिए ।
पर्यटकीय गाउँ सिउरुङमा पर्यटन प्रवर्द्धनको निम्ती जेठको दोस्रो साता ११औँ सिउरुङ महोत्सव हुने भएको छ । मर्स्याङ्दी गाउँपालिकाको सो गाउँमा विगतका वर्षझैँ यसपटक पनि ११ आैं सिउरुङ महोत्सव हुनेभएको हो ।
आज सदरमुकाम बेसीसहरमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराइएको हो । ग्रामीण होमस्टे प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण र संवर्द्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूलआयोजक समितिका संयोजक नन्द घलेले जानकारी दिए ।
“दैनिक आन्तरिक तथा बाह्य पर्यटक सिउरुङ हेर्नका लागि आउँछन्, पछिल्ला वर्षमा सहर झरेका पर्यटन व्यवसायी गाउँ फर्केका छन्” उनले भने, “गाउँमा थप पर्यटक आउन सकुन भनेर महोत्सव गर्न लागेका हौँ ।”
महोत्सवमा स्थानीय कला संस्कृति झल्कने झाँकीका साथै स्थानीय हस्तकलाका सामग्रीको प्रदर्शन गरिने छ । महोत्सवमा खाना महोत्सव, कृषि, जडीबुटी, चोयाबाट निर्मित भकारी, डोको, स्याखू, चर्खा, झोला, पछ््यौरालगायत ऊन र धागोबाट निर्मित सामग्रीको प्रदर्शन गरिने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।
समुद्री सतहदेखि करीब एक हजार ८ सय ५४ मिटरको उचाइमा रहेको पर्यटकीय गाउँ सिउरुङमा गुरुङ जातिको घना बस्ती छ । विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन, प्राकृतिक सुन्दरता, संस्कृति, स्थानीय बासिन्दाको हार्दिकता, आत्मियता र पाहुना सत्कार सिउरुङ गाउँको विशेषता हो । रासस