बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४.१६ अङ्कले बढेर १३३८.०१ अङ्कमा उक्लेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.०४ अङ्कले बढेर २८२.०४ अङ्कमा उक्लेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार गर्न व्यक्तिगत विवरण अद्यावधिक नगर्ने सदस्यलार्इ जेठ १ गतेदेखि रोक लगाउँदा त्यसको असर परेको बजारमा आज केही वृद्धि भएको छ । धेरै लगानीकर्ताहरुले आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गरी सेयर दलाललाई बुझाइसकेकाले त्यसको प्रभाव विस्तारै न्यून हुँदै गएको हाे ।
आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४.१६ अङ्कले बढेर १३३८.०१ अङ्कमा उक्लेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.०४ अङ्कले बढेर २८२.०४ अङ्कमा उक्लेको छ ।
अाज कारोबार रकममा पनि केही सुधार देखिएको छ । अघिल्लो दिनको तुलनामा ३२ प्रतिशतले कारोबार बढेको छ । कुल चार लाख २३ हजार तीन सय ७६ सेयर काराेबारबाट २२ करोड दुईलाख ५१ हजार सात सय ९७ रुपैयाँको कारोबार भयो । मङ्गलबार १४ करोड ९२ लाख रुपैयाँको कारोबार भएको थियो । सुरुवातमा सामान्य देखिएको बजार पछि विस्तारै सामान्य बढेको थियो ।
अाज फाइनान्स २.८४, र उत्पादनमूलक समूह ६.८७, अङ्कले घटेका छन् भने बैङ्क १.४६, ट्रेडिङ् ५.८३, होटल ४६.१४, विकास बैङ्क ९.२८, जलविद्युत् १३.१३, बिमा ०.१९ तथा अन्य ४.६२ र लघुवित्त २२.८४ अङ्कले बढेका छन् ।