मकालु एयर दुर्घटनाको छानविन गर्न जाँच आयोग गठन

मकालु एयरको बिमान दुर्घटनाका बारे छानविन गर्न सरकारले जाँच आयोग गठन गरेको छ ।

जाँच आयोगमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धर अध्यक्ष र सदस्यह?मा बुद्ध एयरका वरिष्ठ इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन गोपाल सिं विष्ट र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहेका छन् ।

बुधवार विहान सुर्खेतबाट हुम्लाको सिमिकोट विमानस्थलको लागि उडेको मकालु एयरको ९ एन–एजेयू सी २० ८ बी विमान दुर्घटना हुदाँ चालकदलका दुवै सदस्यको ज्यान गएको थियो । दुर्घटनामा परि पाइलट किरण भट्टराई र को पाइलट आदित्य नेपालीले ज्यान घुमाएका छन् । उनिह?को शव बुधवार नै राजधानी ल्याइएको छ ।