फ्रान्समा यसरी बन्दै छ नेपाल एयरलाइन्सको नयाँ जहाज

फ्रान्सस्थित एयरबसको फ्याक्ट्रीमा एसेम्बल भएको जहाजमा अहिले रङ लगाउने काम चलिरहेको छ । जहाजको पछाडिपट्टिको भागमा रङ लगाउने काम चलिरहेको छ ।

असार दोस्रो साता नेपाल आइपुग्न लागेको नेपाल एयरलाइन्सको नयाँ एयरबसको धमाधम रङरोगन भइरहेको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले एएआर कर्पोरेसनसँग खरिद सम्झौता गरेका दुई ओटा जहाजको फ्रान्समा रङरोगन भइरहेको छ ।
फ्रान्सस्थित एयरबसको फ्याक्ट्रीमा एसेम्बल भएको जहाजमा अहिले रङ लगाउने काम चलिरहेको छ । जहाजको पछाडिपट्टिको भागमा रङ लगाउने काम चलिरहेको छ ।

विमानमा नेपाल एयरलाइन्सको थिम कलर एवम् लोगो राख्ने काम भइरहेको छ । नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले आगामी असार दोस्रो हस्ता नयाँ जहाज नेपाल आइपुग्ने बताए । ‘अहिले दुई ओटै जहाजमा रङ लगाउने काम चलिरहेको छ,’ उनले भने, ‘रङको काम सकिने बित्तिकै जहाज नेपाल ल्याइन्छ ।’

निगमले एयरबस ३३०–२०० सिरिजका दुई ओटा ब्रान्ड न्यू जहाज गरिद गर्न लागेको हो ।