पेट्रोलियम पदार्थको मूल्यबृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निर्वाचनको समयमा घाटा बेहोरिरहेको निगमले दोस्रो चरणको निर्वाचन सकिएलगत्तै मूल्यबृद्धि गरेको हो ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलिय पदार्थको मूल्य बढेपछि नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको हो । निगमले सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुयैयाँ बढाएर १ सय, डिजेलमा प्रतिलिटर ३ रुयैयाँ बढाएर ७७, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएर ८७ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय तर्फ प्रति किलोलिटर १ सय डलर वृद्धि गरेर ८५० डलर ,खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुयैयाँ वृद्धि गरेर १३ सय ५० पु¥याएको छ । निगमलाई १ अर्व ६ करोड घाटा भए पछि मूल्य समायोजन गरेको निगमका प्रवक्ता विरेन्द्र गोइतले क्यापिटल नेपालाई बताए । मूल्य वृद्धि गर्दा पनि निगमलाई अझै ४० करोड रुपैयाँ घाटा रहेको गोइतले जानकारी दिए । बृद्धि भएको मूल्य शुक्रबार रातीदेखि लागू हुनेछ ।