यातायात विभागका महानिर्देशक भट्टराइ मन्त्रालय तानिए

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई भौतिक पूर्वधार तथा यातायात मन्त्री महासेठले मन्त्रालयमा बोलाएका छन् । सिन्डिकेटको अन्त्य गर्दै यातायात क्षेत्रलाई व्यवस्थित बनाउने प्रतिवद्धता जनाएका भट्टराईलाई बुधबार भौतिक पुर्वधार तथा यातयात मन्त्री रधुविर महासेठले मन्त्रालयमा लैजाने निर्णय गरेका हुन् ।

यातायात क्षेत्रमा भएका विभिन्न व्यवसायीको आन्दोलन तथा यातायात क्षेत्रको हड्ताल गरेका यातायात व्यवसायीसँगको समन्वयमा समस्या समाधान गनुपर्ने धारणाका साथ व्यवसायीलाई विश्वासमा लिएका थिए ।

सरकार सिण्डिकेटविरुद्ध कडा रुपमा प्रस्तुत हुँदा पनि मन्त्री महासेठ व्यवसायीहरुप्रति लचिलो बनेका थिए । गृहमन्त्रीको नेतृत्वमा बसेको बैठकको निर्णय विपरित महासेठले सिण्डिकेटको पक्षमा रहेका समितिहरुको बैंक खाता रोक्का फुकाउने गोप्य सहमति समेत गरेका विभागका कर्मचारीको भनाई छ ।

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएपनि त्यसपछिको सवारी व्यवस्थापनको प्रारुप अझै हुन सकेको छैन । यस्तो अबस्थामा यातायात व्यवस्था विभागका निर्देशकलाई मन्त्रालयमा तान्न् खोज्दा यातायात क्षेत्रमा भएका समस्यामा थप चुनौती र समस्या आउन सक्ने आशंका उव्जिएको छ ।

अहिले यातायात व्यवसायी समिति अनिवार्य कम्पनीमा दर्ता हुनुपर्ने व्यवस्था कार्यान्वयनमा आउन अझै बाँकी छ । यसको व्यवस्थापनका लागि कडा नेतृत्व आवश्यक पर्छ । अब मन्त्रीको निर्णयमा महानिर्देशक मन्त्रालयमा आउँदा सिन्डिकेट अन्त्यको प्रयास असफल हुने त होइन भन्ने प्रश्न सबैको मनमा उव्जिएको छ ।